शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मिलिजुली महिला सहकारीको १७औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा अर्याल चयन

मिलिजुली महिला सहकारीको १७औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा अर्याल चयन

शिवराज आचार्य

५, पौष २०८२
  • 4.2K
    SHARES
  • मिलिजुली महिला सहकारीको १७औं वार्षिक  साधारण सभा सम्पन्न, अध्यक्षमा अर्याल चयन

    थाक्रे, धादिङ। धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ११ मा रहेको मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लि.को १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    images
    images

    598242892_1718009129600810_7885695862473476888_n.jpg

    संस्थाको प्राङगणमा भएको साधारण सभाले नर्मदा अर्यालको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समित चयन भएको छ। जसको उपाध्यक्षमा भगवती रेग्मी,सचिवमा सम्झना अर्याल, कोषध्यक्षमा सकुन्तला तामाङ रहेका छन । सदस्यहरुमा लक्ष्मी नेपाल,सिता बुढाथोकी,दुर्गा बिष्ट, नानु कार्की र सविना थापा कार्की रहेका छन।

    597396414_1718009209600802_1485676864220093665_n.jpg

    प्रतिक्षा कार्कीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिबेक्षण समितिको चयन गरेको छ । सुपरिबेक्षण समितिको सदस्यमा गोमा अधिकारी र सुन्जिता राई रहेका छन्।

    अघिल्लो कार्यकाल अध्यक्ष रहनु भएका उर्मिला रेग्मीले नयाँ समिति चयनमा सहमतिको पहल लिदै सर्बसम्मत रुपमा नयाँ समिति चयनका लागि मार्गप्रसस्त गर्नुभएको हो।

    599827384_1718009032934153_5625507863713991079_n.jpg

    वि.स २०६५ सालमा २५ जनाबाट शुरुवात भएको यस सहकारीको शेयर पुँजी १ करोड २१ लाख ८६ हजार १ सय रहेको छ । बचत रकम ८ करोड ९४ लाख ८७ हजार २ सय ८२ रुपैयाँ, जगेडा कोष १ करोड १ लाख ७८ हजार ५ सय १४ रुपैयाँ, अन्य कोष ४२ लाख ४७ हजार ८ सय ३ रुपैयाँ, ऋण लगानी ९ करोड ७४ लाख २१ हजार १ सय ८८ रुपैयाँ रहेको सहकारीको जम्मा कुल पुँजी तथा दायित्व १२ करोड ५९ लाख ४९ हजार ०२९ रुपैयाँ रहेको सहकारीका व्यवस्थापक शान्ति आचार्यले बताउनु भयो। व्यवस्थापक आचार्यका अनुसार सहकारीको खुद नाफा ३४ लाख १५ हजार ४ सय रुपैयाँ रहेको छ। संस्थामा अहिले १८६४ जना शेयर सदस्य रहेको सहकारीमा ११९८ जना बाल बचत कर्ता रहेका छन्।

    संस्थाका अध्यक्ष उर्मिला रेगमीको अध्यक्षता रहेको कार्यक्रमा सहकारी अभियन्ता नेत्रराज पौडेल, अन्य सहकारी संस्थाका अध्यक्ष, सहकारी सगं आवद्ध भएको शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ५, २०८२ शनिवार - २१:१४:२७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology