आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

केवलपुर महिला कृषि सहकारीको वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः अधिकारी चयन

केवलपुर महिला कृषि सहकारीको वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः अधिकारी चयन

शिवराज आचार्य

१५, पौष २०८२
  • 5.6K
    SHARES
  • केवलपुर महिला कृषि सहकारीको वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः अधिकारी चयन

    धादिङको थाक्रे स्थित केवलपुरमा रहको केवलपुर महिला साना किसान कृषि सहकारी संस्थाको २३औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न भएको छ ।

    images

    ८ औं अधिवेशनबाट पुनःअप्सरा अधिकारी अध्यक्षमा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको छ। जसको उपाध्यक्षमा गमला लामा,सदस्यहरुमा शुभद्रा पण्डित,गंगा घिमिरे कोईराला,चन्द्रावती बास्कोटा,रुपा थापा मगर,लक्ष्मी सुवेदी,उर्मिला विडारी र पुष्प कुमारी आचार्य रहेका छन्।

    त्यसै गरी सहकारीको लेखा समिति संयोजकमा लक्ष्मी रेग्मी चयन हुनु भएको छ भने सदस्यहरुमा शोभा मुडवरी र कुमारीमायाँ मोक्तान रहेका छन्।

    604801085_1725659622169094_4104651442005278662_n.jpg

    सँस्थाको अध्यक्ष अप्सरा अधिकारीको अध्यक्षता र थाक्रे गाउँपालिकाको अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा सँस्थाका अध्यक्ष अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रतिवेदनमा दैनिक कार्य सञ्चालन, सदस्य प्रोत्साहन कार्यक्रम देखी आगामी निती तथा कार्यक्रमहरु उल्लेख गरिएको छ । त्यसै गरी संस्थाका प्रवन्धक सुरेश कोइराल को प्रतिवेदन, लेखा समिति संयोजक रिता भुजेलको आन्तरीक लेखा प्रतिवेदन पेश गर्नु भएको हो ।

    605922499_1725660572168999_8582629653034338876_n.jpg

    १ हजार २ सय ४० जना शेयर सदस्य रहेको सँस्थामा २ करोड ५१ लाख ४७ हजार ५ सय रुपैँया शेयर रकम रहेको छ । १२ करोड ९१ लाख ३२ हजार ७६६ रुपैँया निक्षेप मौज्दात रहेको सहकारीमा २६ करोड ७० लाख ४१ हजार ६०२ रुपैँया क्रृण लगानी भने २२ करोड ५९ लाख २७ हजार २६२ रुपैँया सावा असुली रहेको छ ।
    सहकारीको आम्दानी ३ करोड ९५ लाख रहेकोमा खर्च भने २ करोड ८६ लाख रहेको छ । यसवर्षका खुद नाफा १ करोड ०९ लाख रहेको सहकारीको कुल ल.र.र ३१ करोड ५७ लाख रहेको सहकारीका मुख्य प्रवन्धक सुरेश कोइरालले जानकारी दिनु भयो।

    605640335_1725661955502194_4796253990667510782_n.jpg

    यस्तै उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विधामा सम्मान समेत गरिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष १५, २०८२ मंगलवार - २०:००:२२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology