शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दशौं धादिङ महोत्सवको उद्घाटन अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

दशौं धादिङ महोत्सवको उद्घाटन अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नागरिक पाटी

१०, माघ २०८२
  • 2.4K
    SHARES
  • दशौं धादिङ महोत्सवको उद्घाटन अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

    धादिङ जिल्लाको दीगो विकास र आर्थिक समृद्धिलाई केन्द्रमा राखी आयोजना गर्न लागिएको १०औँ धादिङ महोत्सव–२०८२ को उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नु हुने भएको छ्।

    images
    images

    यही माघ १५ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने महोत्सव“धादिङको दीगो विकास र अर्थतन्त्रको आधार : कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवको औपचारिक उद्घाटन माघ १५ गते बिहान ११ बजे धादिङबेसीस्थित नीलकण्ठ नगरपालिका–३ खुल्लामन्चमा हुनेछ।

    mahoshab.jpg

    उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रमुख अतिथिका रहने आयोजकले जनाएको छ। धादिङ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको यस महोत्सवले जिल्लाको कृषि उत्पादन, स्थानीय उद्योग, पर्यटन सम्भावना तथा जलस्रोतको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ। महोत्सवको मुख्य उद्देश्य स्थानीय उद्यमीका उत्पादनलाई बजारसँग जोड्ने, रोजगारी सिर्जना गर्ने तथा समग्र आर्थिक गतिविधि विस्तार गर्नु रहेको आयोजकको भनाइ छ।

    धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले महोत्सवलाई सफल बनाउन व्यवसायी, किसान, युवा, सरोकारवाला निकाय तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि हार्दिक आमन्त्रण गर्नु भएको छ।

    त्यसैगरी, संघका महासचिव तिलक सिम्खडाका अनुसार महोत्सव अवधिभर विविध सांस्कृतिक कार्यक्रम,औद्योगिक तथा कृषि प्रदर्शनी, व्यापारिक स्टल, स्थानीय परिकारका स्टल तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन हुने जनाएका छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १०, २०८२ शनिवार - २१:१९:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology