शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्पीड अटो इन्टरप्राइजेजले धादिङको महादेवबेसीमा "बजाज साटा-साट" मेला आयोजना गर्ने

स्पीड अटो इन्टरप्राइजेजले धादिङको महादेवबेसीमा "बजाज साटा-साट" मेला आयोजना गर्ने

नागरिक पाटी

९, फाल्गुण २०८२
  • 1.9K
    SHARES
  • स्पीड अटो इन्टरप्राइजेजले धादिङको महादेवबेसीमा "बजाज साटा-साट" मेला आयोजना गर्ने

    बजाज मोटरसाइकलको आधिकारिक विक्रेता स्पीड अटो इन्टरप्राइजेजले धादिङको थाक्रे-०२, महादेवबेसीमा "बजाज साटा-साट" मेला आयोजना गर्ने भएको छ। यही फागुन ११ गतेदेखि सुरु हुने उक्त मेला फागुन १६ गतेसम्म चल्नेछ। नयाँ मोटरसाइकल खरिद गर्न चाहने र पुराना मोटरसाइकल साट्न चाहने ग्राहकहरूलाई लक्षित गरी यो मेला आयोजना गरिएको स्पीड अटो इन्टरप्राइजेजले जनाएको छ ।

    images
    images

    यस मेलाका मुख्य आकर्षणका रूपमा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल एक्सचेन्ज गर्दा बजार मूल्यमा थप ८,००० रुपैयाँसम्म अतिरिक्त मूल्यांकन पाउनेछन्। साथै, नयाँ बजाज मोटरसाइकलको खरिदमा आकर्षक नगद छुटको व्यवस्था गरिएको छ भने प्रत्येक नयाँ खरिद वा साटासाटमा ग्राहकले एक थान हेलमेट निशुल्क प्राप्त गर्नेछन्। आर्थिक सहजताका लागि मेलास्थलमै "अन द स्पट" फाइनान्सको सुविधा उपलब्ध गराइएको छ, जसमा कुनै पनि सेवा शुल्क नलाग्ने कम्पनीले जनाएको छ।

    हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (HFL) को सहयोगमा सञ्चालित यस मेलाको थप जानकारीका लागि स्पीड अटो इन्टरप्राइजेजको सम्पर्क नम्बरहरू ०१०-५६१९८५, ९८०३५५०५९३, र ९८६९३९७५२३ मा सम्पर्क गर्न सकिने बताईएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ९, २०८२ शनिवार - २१:४८:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology