शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न, अर्धबार्षिक कार्यप्रगतिको समिक्षा

धुनिवेशी नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न, अर्धबार्षिक कार्यप्रगतिको समिक्षा

शिवराज आचार्य

२४, चैत्र २०८२
  • 2.1K
    SHARES
  • धुनिवेशी नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न, अर्धबार्षिक कार्यप्रगतिको समिक्षा

    धुनिवेशी नगरपालिकाको १८ औँ अधिवेशन तथा नगरसभा सम्पन्न भएको छ । नगर कार्यपालिकाको कार्यालय जुगेडीमा सम्पन्न १८ औँ नगरसभामा चालु आर्थिक बर्षको अर्धबार्षिक कार्यप्रगतिको समिक्षा गरिएको थियो ।

    images
    images

    १८ औँ नगरसभामा नगरप्रमुख बालकृष्ण आचार्यले कृषि, पशुपक्षी,प्रधानमन्त्री रोजगार, लघु उद्यम विकास कार्यक्रम,सहकारी र सडक पुर्वाधार, सामाजिक र भौतिक विकासका लागि प्रयत्नशिल रहदै शिक्षा,स्वास्थ्य,खानेपानी जस्ता क्षेत्रमा गुणस्तरसहित पहुँच अभिवृद्धि गर्ने र सडक निर्माण र स्तोरन्नती गर्ने कार्यलाई प्राथमिकतामा राखी सकारात्मक परिवर्तन तथा विकास र समृद्धिको माध्यमबाट सम्मृद्ध धुनिवेशी सुखी नरगवासीको अवधारणालाई साकार रुप दिन नगरपालिका लागि परेको बताए ।

    667982855_1810245037043885_5863218028588672074_n.jpg

    नगरसभामा उपप्रमुख सुरज उप्रेतीले फागुन मसान्तसम्म चालु तर्फ र पुँजीगत तर्फ भएको खर्चका बारेमा जानकारी दिनु भएको थियो । नगरसभामा उपप्रमुख उप्रतीले चालु आर्थिक बर्ष २०८२/८३ को ८ महिनामा नगरस्तरीय र वडास्तरीय विभिन्न योजनाहरु सम्पन्न भएका र केही योजना निर्माणको चरणमा रहेको जानकारी दिनु भएको छ।

    समिक्षाका क्रममा नगर क्षेत्रमा भएका उपलब्धि, चुनौती तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरूबारे छलफल गरिएको थियो। साथै आगामी योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक सुझावहरू समेत संकलन गरिएको छ।

    667600491_1810245043710551_771186768955154049_n.jpg

    १८ औँ नगरसभामा नगरपालिकाका वडा अध्यक्ष,कार्यपालिका सदस्य, वडा सदस्य,प्रमुख कार्यकारी अधिकृत सहित नगरपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो । नगरपालिकाले जनप्रतिनिधि तथा सरोकारवालाबीच समन्वय गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २४, २०८२ मंगलवार - २०:०६:४१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology