शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँपालिकाको १४औँ अधिवेशन सम्पन्न, महत्वपूर्ण प्रस्तावहरू पारित

गल्छी गाउँपालिकाको १४औँ अधिवेशन सम्पन्न, महत्वपूर्ण प्रस्तावहरू पारित

शिवराज आचार्य

३०, चैत्र २०८२
  • 2.7K
    SHARES
  • गल्छी गाउँपालिकाको १४औँ अधिवेशन सम्पन्न, महत्वपूर्ण प्रस्तावहरू पारित

    धादिङको गल्छी गाउँपालिकाको दोस्रो गाउँ सभाको १४औँ अधिवेशन सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनले स्थानीय शासन, सेवा प्रवाह तथा प्रशासनिक सुधारसँग सम्बन्धित विभिन्न महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत गरी पारित गरेको छ।

    images
    images

    अधिवेशनमा चालु आर्थिक वर्षसँग सम्बन्धित बजेट संशोधन प्रस्ताव प्रस्तुत गरी छलफलपछि पारित गरिएको छ। बजेट संशोधनले प्राथमिकतामा परेका विकास योजना तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

    672673963_1815236966544692_8880631297221970365_n.jpg

    त्यसैगरी, वन व्यवस्थापनलाई व्यवस्थित र कानूनी दायराभित्र ल्याउने उद्देश्यले वन ऐन सम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरी पारित गरिएको छ। यस प्रस्तावले स्थानीय तहमा वन संरक्षण, उपयोग र व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    अधिवेशनमा संगठन तथा व्यवस्थापन (O & M) प्रतिवेदन सम्बन्धी प्रस्ताव समेत प्रस्तुत गरिएको थियो। उक्त प्रतिवेदनले गाउँपालिकाको प्रशासनिक संरचना, जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन मार्गनिर्देशन गर्ने विश्वास गरिएको छ। छलफल पश्चात उक्त प्रस्ताव पनि पारित गरिएको छ।

    667365668_1605660548226902_4438808635448937940_n.jpg

    यसैबीच, वडा नम्बर ४ को वडा कार्यालयको केन्द्र अदुवाबारीबाट चिरौदी भ्याञ्ज्याङमा स्थानान्तरण गर्ने सम्बन्धी प्रस्ताव पनि अधिवेशनमा प्रस्तुत गरिएको थियो। स्थानीय जनताको पहुँच, सेवा सहजता तथा भौगोलिक अवस्थालाई मध्यनजर गर्दै उक्त प्रस्ताव पारित गरिएको जनाइएको छ।

    गाउँ सभामा पालिका अध्यक्ष केदारनाथ खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो। अधिवेशनमा उपाध्यक्ष भाइकाजी तिवारी, प्रमुख प्रशासकीय अधिकृत पूर्ण दुलाल लगायत वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    672236903_1815235996544789_4425769433926641302_n.jpg

    अधिवेशनले पारित गरेका प्रस्तावहरूले गाउँपालिकाको समग्र विकास, सुशासन प्रवद्र्धन तथा सेवा प्रवाहमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ। साथै, स्थानीय तहको अधिकार कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै नागरिकमैत्री शासन प्रणाली स्थापना गर्ने लक्ष्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३०, २०८२ सोमवार - २१:२८:२५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology