शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

१० महिना सकिन लाग्दा साढे ११ खर्ब बजेट खर्च

१० महिना सकिन लाग्दा साढे ११ खर्ब बजेट खर्च

नागरिक पाटी

२७, बैशाख २०८३
  • 1.3K
    SHARES
  • १० महिना सकिन लाग्दा साढे ११ खर्ब बजेट खर्च

    चालू आर्थिक वर्ष २०८२र८३ को १० महिना सकिन लाग्दा सरकारले ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ ।

    images
    images

    महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि ल्याइएको १९ खर्ब ६४ अर्ब रुपैयाँ बजेटमध्ये ५८ दशमलव ७५ प्रतिशत खर्च भएको हो । चालू शीर्षकमा विनियोजित ११ खर्ब ८० अर्बमध्ये ८ खर्ब ९ अर्ब रुपैयाँ अर्थात् ६८ दशमलव ०४ प्रतिशत खर्च भएको छ ।

    पूँजीगततर्फ भने ४ खर्ब ७ अर्ब विनियोजनमध्ये १ खर्ब ९ अर्ब अर्थात् २६ दशमलव ८७ प्रतिशतमात्र खर्च भएको छ । यस पटक पनि सरकार पूँजीगत खर्चमा कमजोर देखिएको छ । नवयुवा आन्दोलन र मध्यपूर्वको तनावलगायतका कारण खर्च कमजोर भएको बताइन्छ ।

    आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च बढ्दा कामको गुणस्तर घट्ने र अनियमिताको जोखिम बढ्ने चर्चाका बीच यस पटक पनि त्यही अवस्था दोहोरिने देखिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २७, २०८३ आइतवार - १६:४८:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology