शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँपालिकाद्वारा बजेट तथा कार्यक्रमका लागि सुझाव संकलन

गल्छी गाउँपालिकाद्वारा बजेट तथा कार्यक्रमका लागि सुझाव संकलन

शिवराज आचार्य

२७, जेठ २०८३
  • 2.0K
    SHARES
  • गल्छी गाउँपालिकाद्वारा बजेट तथा कार्यक्रमका लागि सुझाव संकलन

    धादिङ । गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेटलाई थप सहभागितामूलक र जनमुखी बनाउने उद्देश्यले राय, सुझाव तथा सल्लाह संकलन कार्यक्रम सम्पन्न गरेको छ।

    images
    images

    गाउँपालिकाको सभाहल बैरेनीमा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विभिन्न संघसंस्था, सहकारी, बुद्धिजीवी, समाजसेवी, ज्येष्ठ नागरिक, महिला समूह, युवा क्लब, बाल सञ्जाल तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा सहभागीहरूले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, पर्यटन, रोजगार, सामाजिक सुरक्षा तथा वातावरण संरक्षण लगायतका क्षेत्रमा आफ्ना सुझाव प्रस्तुत गरेका थिए। प्राप्त सुझावहरू आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समावेश गरिने गाउँपालिकाले जनाएको छ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाइकाजी तिवारी, वडा अध्यक्षहरू, विषयगत समितिका प्रमुख तथा प्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले गर्नुभएको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २७, २०८३ बुधवार - १९:०६:१६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology