बिहिवार, भाद्र ११ गते २०८३

Thursday, Aug 27 2026 बिहिवार, भाद्र ११ गते २०८३

बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, तटीय क्षेत्र उच्च जोखिममा

बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, तटीय क्षेत्र उच्च जोखिममा

नागरिक पाटी

१०, भाद्र २०८३
  • 624
    SHARES
  • बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, तटीय क्षेत्र उच्च जोखिममा

    रसुवाबाट सुरु भएको बाढी धादिङको गल्छी क्षेत्र पारेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार धादिङमा अहिलेसम्म ठूलो मानवीय क्षति नभए पनि गल्छीमा एउटा झोलुङ्गे पुल बाढीले बगाएको छ। बाढीको सतह बढ्दै गएपछि प्रशासनले सतर्कता बढाएको छ।

    images

    खोला किनारका जोखिमयुक्त बस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। विशेष गरी मलेखु र गल्छी क्षेत्रका तटीय बस्तीहरू बढी जोखिममा रहेकाले त्यहाँका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।

    बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गमा चल्ने गाडीहरूलाई पनि विभिन्न सुरक्षित ठाउँमा होल्ड गरेर राखिएको छ। अहिले जिल्लाको सुरक्षा निकाय र विपद् व्यवस्थापनको टोली उच्च सतर्कताका साथ खोला किनारमै परिचालन भएको छ। बाढीबाट हुन सक्ने सम्भावित क्षति कम गर्न स्थानीय पालिकाहरूसँग पनि निरन्तर समन्वय भइरहेको छ।

    प्रशासनले नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै मानवीय क्षति हुन नदिन हरसम्भव प्रयास गरिरहेको जानकारी दिएको छ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १०, २०८३ बुधवार - ११:२३:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology