सोमवार, भाद्र १५ गते २०८३

Monday, Aug 31 2026 सोमवार, भाद्र १५ गते २०८३

पृथ्वी राजमार्ग तीन दिन पछि सूचारु

पृथ्वी राजमार्ग तीन दिन पछि सूचारु

नागरिक पाटी

१२, भाद्र २०८३
  • 1.9K
    SHARES
  • पृथ्वी राजमार्ग तीन दिन पछि सूचारु

    भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण अवरुद्ध बनेको देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग तीन दिन पछि सूचारु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ खण्डको विभिन्न ठाउँमा रहेको लेदो हटाएपछि एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

    images

    राजमार्ग आंशिक रुपमा सञ्चालन भएसँगै होल्ड भएका सवारी साधनहरुलाई पठाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहाले बताए । ‘धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा भर्खरै आंशिक रुपमा लेदो पन्छाएर भ्याइयो । गजुरी आसपास रहेका सवारीहरुलाई गलौदी क्रस गरिएको हो’ उनले भने– ‘धादिङको बैरेनी महेश दोभान, बांगे, जरेखेत, गलौदी क्षेत्रमा टन्नै लेदो जमेको छ । हटाउने कार्य भइरहेको छ । पृथ्वी राजमार्ग पूर्ण रुपमा खुलेको छैन ।’

    धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय ९गौतम० ले पनि पृथ्वी राजमार्ग आंशिक रुपमाम मात्रै सञ्चालन भएको बताएकी छन् । ‘अहिले होल्डिङ भएका सवारी साधन, एम्वुलेन्स, दमकल लगायत अत्यावश्यक सवारी साधनलाई मात्र खुल्ला गरिएको हो’ उनले भनिन्, ‘थप समस्या नआए भाडाका तथा हेभी सवारी साधन भोलिसम्म खुलाउन सकिन्छ । अति आवश्यक काम बाहेक राजमार्गको यात्रा नगर्न र सूचना लिएर मात्रै यात्रा गर्नुहुन अनुरोेध छ ।’

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १२, २०८३ शुक्रवार - २१:३४:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology