सोमवार, भाद्र १५ गते २०८३

Monday, Aug 31 2026 सोमवार, भाद्र १५ गते २०८३

बाढीपछिको महामारी नियन्त्रण तथा पोषण सहायता कार्यक्रम सञ्चालन

बाढीपछिको महामारी नियन्त्रण तथा पोषण सहायता कार्यक्रम सञ्चालन

शिवराज आचार्य

१५, भाद्र २०८३
  • 1.8K
    SHARES
  • बाढीपछिको महामारी नियन्त्रण तथा पोषण सहायता कार्यक्रम सञ्चालन

    धादिङ । त्रिशूली नदीमा आएको बाढीबाट गल्छी गाउँपालिका प्रभावित भएपछि सम्भावित महामारी नियन्त्रण तथा स्वास्थ्य सुरक्षाका कार्यक्रमहरू सञ्चालन गरिएको छ।

    images

    बाढीपश्चात् आउँ, हैजा, झाडापखाला, ज्वरो तथा कुपोषणजस्ता विपद्जन्य रोग फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रभावित समुदाय, राहत वितरण स्थल तथा होल्डिङ सेन्टरहरूमा स्वास्थ्यकर्मी परिचालन गरी नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको गल्छी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

    त्यसैगरी बालबालिकाहरूलाई बालभिटा वितरण, तयारी अवस्थामा रहेको पोषणयुक्त खानेकुरा (च्ग्त्ँ) लगायत आवश्यक पोषण सामग्री उपलब्ध गराउने कार्य निरन्तर सञ्चालन भइरहेको छ।

    गाउँपालिकाले प्रभावित नागरिकहरूलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गर्दै महामारी नियन्त्रण तथा पोषण सहायता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन रहने जनाएको छ।

    केही तस्बिरहरु ः

    WhatsApp Image 2026-08-31 at 6.56.13 AM.jpeg

    WhatsApp Image 2026-08-31 at 6.56.14 AM (1).jpeg

    WhatsApp Image 2026-08-31 at 6.56.15 AM (1).jpeg
    undefined

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०८३ सोमवार - ०७:३७:५८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology