देशका धेरै स्थानमा वर्षाको पूर्वानुमान छ । ‘धेरै भारी’सम्म पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङमा यस दिन दिउँसो ‘हल्का’देखि ‘मध्यम’ वर्षाको पूर्वानुमान गरिएको महाशाखाका मौसमविद् विनु महर्जनले जानकारी दिइन् ।