मंगलवार, आश्विन २७ गते २०८३

Tuesday, Oct 13 2026 मंगलवार, आश्विन २७ गते २०८३

कांग्रेसको उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित

कांग्रेसको उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित

नागरिक पाटी

२६, आश्विन २०८३
  • 1.1K
    SHARES
  • कांग्रेसको उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित

    नेपाली कांग्रेसको उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित भएका हुन् । भण्डारी र आचार्य खुलातर्फ तथा चौधरी समावेशीतर्फ विजयी भएका हुन् ।

    images

    उपसभापति खुलातर्फको मतगणनामा भण्डारीले तीन हजार ७३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । त्यस्तै, आचार्यले दुई हजार ३४२ मत प्राप्त गरेका छन् ।

    अन्य उमेदवारमध्ये गोविन्द भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३, धनराज गुरुङले एक हजार ५९६, दीपक गिरीले ९२३ र प्रा।डा। चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।

    उपसभापति समावेशीतर्फ विजयी चौधरीले एक हजार ७४५ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८ मत प्राप्त गरेका छन् । फरमुल्लाह मंसुरले एक हजार १४४, सीता गुरुङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०८३ सोमवार - ०८:३१:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology