मंगलवार, आश्विन २७ गते २०८३

Tuesday, Oct 13 2026 मंगलवार, आश्विन २७ गते २०८३

महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित

महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित

नागरिक पाटी

२६, आश्विन २०८३
  • 1.3K
    SHARES
  • महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित

    नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर सम्पन्न महामन्त्री पदको मतगणनामा उनी ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थानमा विजयी भएका हुन् । खुलातर्फकै अर्का उम्मेदवार उदयशमशेर राणा पनि २ हजार ३३० मत प्राप्त गर्दै महामन्त्री पदमा विजयी भए ।

    images

    महामन्त्री पदका अन्य उम्मेदवारहरु डा. सुनिलकुमार शर्मा २ हजार २५७, गुरुराज घिमिरे १ हजार ५१३, नैनसिंह महर १ हजार १३४, अमरसिंह पुन मगर १ हजार १२५, शंकर तिवारी १२३ र डा. सन्तोष उपाध्याय ९७ मत प्राप्त गरेर पराजित भए ।

    यसैगरी महिला महामन्त्रीतर्फको एक पदमा डा. डिला संग्रौला ९पन्त० ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ९डिना० ले २ हजार ८६४ मत प्राप्त गरेकी छन्। त्यस्तै, रीता खनालले ८०४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०८३ सोमवार - ०८:३६:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology