नेपालमा झरी पार्ने प्रणाली विकास हुन सुरु भएको छ । शुक्रबार बिहान ५ः४५ बजे पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकसित भएको हो । उक्त न्यूनचापीय क्षेत्र क्रमशः बलियो हुँदै कात्तिक ९ गते, सोमबार चक्रवात आँधीमा विकसित हुने नेपाल मौसम विज्ञान विभागले बताएको छ ।
चक्रवात आँधीमा विकसित भइ पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तटबाट जमिनको भू–भागमा प्रवेश गर्ने सम्भावना छ ।
उक्त मौसम प्रणालीका कारण कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुनसक्ने देखिएको विभागले बताएको छ ।