शुक्रवार, कार्तिक १३ गते २०८३

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १३ गते २०८३

अन्डाको मूल्य प्रतिपेटी २ सयसम्म बढ्यो

अन्डाको मूल्य प्रतिपेटी २ सयसम्म बढ्यो

नागरिक पाटी

१२, कार्तिक २०८३
  • 1.3K
    SHARES
  • अन्डाको मूल्य प्रतिपेटी २ सयसम्म बढ्यो

    नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको फार्म (होलसेल) मूल्य फेरि बढाएको छ । यसअघि ६ कात्तिकमा काठमाडौंमा बसेको बैठकले तय गरेको मूल्यलाई ६ दिनपछि नै परिमार्जन गर्दै संघले आज बिहीबार पोखरामा बसेको बैठकबाट अन्डाको नयाँ समर्थन मूल्य तोकेको हो ।

    images

    नयाँ निर्णय अनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) २ सय रुपैयाँ बढेको छ भने सानो अन्डाको मूल्य प्रतिपेटी १ सय रुपैयाँले वृद्धि भएको छ । संघको तथ्यांक अनुसार ६ कात्तिकमा ३ हजार ७ सय रुपैयाँ रहेको १४.५ देखि १४.८ किलोको एक्सएल अन्डाको मूल्य अब ३ हजार ९ सय रुपैयाँ पुगेको छ ।

    यसैगरी १३.५ देखि १३.८ किलोको ठूलो अन्डाको मूल्य ३ हजार ६ सयबाट बढेर ३ हजार ८ सय रुपैयाँ तथा १२.५ देखि १२.८ किलोको मिडियम अन्डाको मूल्य ३ हजार ५ सयबाट बढेर ३ हजार ७ सय रुपैयाँ कायम गरिएको छ । ११ किलोभन्दा माथिको सानो अन्डाको मूल्य भने ३ हजार १ सयबाट बढेर ३ हजार २ सय रुपैयाँ पुगेको छ ।

    संघ सचिव मदन पोखरेलले चिसो सुरु भएसँगै उत्पादनको तुलनामा बजारमा खपत उच्च भएको बताएका छन् । होलसेल अर्थात् फार्म मूल्य प्रतिपेटी २ सय रुपैयाँसम्म बढे पनि संघले उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरेको जनाएको छ ।

    उपभोक्ताले खुद्रा पसलमा किन्दा ठूलो अन्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अन्डा २ गोटाको ४५ रुपैयाँ तोकिएको छ । संघले सम्पूर्ण डिपो, डिलर तथा व्यवसायीलाई तोकिएकै समर्थन मूल्यमा कारोबार गर्न अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १२, २०८३ बिहिवार - १८:२४:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology