शुक्रवार, कार्तिक १३ गते २०८३

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १३ गते २०८३

फुर्केखोलामा आधुनिक प्रविधियुक्त पक्की सिग्नेचर ब्रिज बन्ने

फुर्केखोलामा आधुनिक प्रविधियुक्त पक्की सिग्नेचर ब्रिज बन्ने

नागरिक पाटी

१३, कार्तिक २०८३
  • 960
    SHARES
  • फुर्केखोलामा आधुनिक प्रविधियुक्त पक्की सिग्नेचर ब्रिज बन्ने

    धादिङ जिल्लामा बाढी तथा विपद्का कारण क्षतिग्रस्त सडक तथा पुलहरूको पुनर्निर्माण र सडक पूर्वाधार स्तरोन्नति गर्ने विषयमा महत्त्वपूर्ण सहमति भएको छ। सांसद बोध नारायण श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानाकारी दिनुभएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, भौतिक पूर्वाधार विकास तथा यातयात मन्त्री सुनील लम्साल तथा सम्बन्धित पक्षबीच भएको बैठकमा धादिङका विभिन्न सडक तथा पुल आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएको सांसद श्रेष्ठको भनाई छ।

    images

    बैठकमा फुर्के खोला पुललाई आधुनिक प्रविधियुक्त पक्की सिग्नेचर ब्रिजका रूपमा निर्माण गर्ने र त्यसका लागि तत्काल बोलपत्र प्रक्रिया सुरु गर्ने निर्णय भएको सांसद श्रेष्ठले बताउनुभएको छ। त्यस्तै, घाटबेँसी पुल निर्माणको काम नेपाल सरकारअन्तर्गतको पूर्वाधार विकास कम्पनीमार्फत तत्काल प्रारम्भ गर्ने सहमति भएको छ।

    यसैगरी, मास्टर–पिपलटार–परेवाटार सडकको स्तरोन्नति तथा कालोपत्रे गर्ने, गल्छी–फोस्रेटार–सुनौला बजार–धादिङबेँसी सडक स्तरोन्नति गर्ने र फोस्रेटार–कोशी खोला–खाल्टे सडक सुधार गर्ने सहमति भएको छ।

    त्यस्तै, धादिङबेँसी–साङ्कोष–तिप्लिङ सडक तथा ज्वालामुखी–बुङ्कोटघाट–बेनीघाट सडकको समेत स्तरोन्नति गरिने भएको छ। यी आयोजनाहरू कार्यान्वयन गर्न आवश्यक बजेट, कार्यप्रक्रिया र समयसीमाबारे थप विवरण यथाशीघ्र सार्वजनिक गरिने बताईएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १३, २०८३ शुक्रवार - १०:२४:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology