देशका अधिकांश भूभागमा शुक्रबार र शनिबार वर्षा भएको छ । वर्षाको क्रम अब बिस्तारै कम हुँदै गएको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
हाल कोसी, वाग्मती र मधेस प्रदेशमा साधारणतया बादल लागेको छ । बाँकी प्रदेशमा आंशिक बादल लागेको विभागले जनाएको छ ।
पछिल्लो २४ घण्टामा केही स्थानमा भारी वर्षा समेत भएको छ । वर्षासँगै खोलानदीमा पानीको बहाव उल्लेख्य बढ्को छ ।