सोमवार, कार्तिक १६ गते २०८३

Monday, Nov 02 2026 सोमवार, कार्तिक १६ गते २०८३

मौसममा क्रमिक सुधार हुने

मौसममा क्रमिक सुधार हुने

नागरिक पाटी

१५, कार्तिक २०८३
  • 876
    SHARES
  • मौसममा क्रमिक सुधार हुने

    अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले आजदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

    images

    हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्ने छ भने हिमाली र पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

    आज राति पनि देशभर आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १५, २०८३ आइतवार - ०८:४०:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology