सोमवार, कार्तिक १६ गते २०८३

Monday, Nov 02 2026 सोमवार, कार्तिक १६ गते २०८३

नागढुंगा सुरुङ मार्ग प्रयोगमा आजदेखि शुल्क लाग्ने

नागढुंगा सुरुङ मार्ग प्रयोगमा आजदेखि शुल्क लाग्ने

नागरिक पाटी

१५, कार्तिक २०८३
  • 1.4K
    SHARES
  • नागढुंगा सुरुङ मार्ग प्रयोगमा आजदेखि शुल्क लाग्ने

    आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (शुल्क) उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गअनुसार शुल्क लिने जानकारी गराएको हो ।

    images

    सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाउन लागिएको हो । सूचनाअनुसार वर्ग १ अर्थात् कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

    त्यस्तै, वर्ग २ अर्थात् मिनी बस तथा मिनी टिपररट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । वर्ग ३ अर्थात् बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ ।

    वर्ग ४ अर्थात् मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजनाले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १५, २०८३ आइतवार - ०८:५५:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology