सोमवार, कार्तिक १६ गते २०८३

Monday, Nov 02 2026 सोमवार, कार्तिक १६ गते २०८३

सोमबार दिउँसो तीन घण्टा पृथ्वी राजमार्गको मझिमटार खण्ड बन्द हुने

सोमबार दिउँसो तीन घण्टा पृथ्वी राजमार्गको मझिमटार खण्ड बन्द हुने

नागरिक पाटी

१५, कार्तिक २०८३
  • 3.2K
    SHARES
  • सोमबार दिउँसो तीन घण्टा पृथ्वी राजमार्गको मझिमटार खण्ड बन्द हुने

    पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङले सूचना जारी गर्दै मझिमटारस्थित पृथ्वी राजमार्गमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न सवारी आवागमन बन्द गर्न लागेको जनाएको छ ।

    images

    योजनाका अनुसार २०८३ कात्तिक १६ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडक खण्ड भएर सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ । निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न उक्त अवधिमा सवारी आवागमनमा रोक लागिएको हो ।

    सडक योजना कार्यालयले उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न सवारी चालक तथा यात्रुलाई आग्रह गरेको छ । साथै सवारी सञ्चालन गर्दा प्रचलित ट्राफिक नियम तथा सडक अनुशासन पूर्ण रूपमा पालना गर्न पनि अनुरोध गरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १५, २०८३ आइतवार - १८:५०:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology