शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बलात्कार मुद्दा फिर्ता लिन मेयरदेखि मन्त्रीसम्मको दबाब

बलात्कार मुद्दा फिर्ता लिन मेयरदेखि मन्त्रीसम्मको दबाब

  • 4.6K
    SHARES
  • काठमाण्डौँ । पाँच महिनाअघि धनुषामा बलात्कृत भएकी एक बालिकाको मुद्दा फिर्ता लिन विभिन्न राजनीतिक दलका नेताहरुले दबाब दिएको पीडित पक्षले बताएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा गत बैशाखमा बलात्कृत भएकी बालिकाको बलात्कार मुद्दा फिर्ता लिन मेयरदेखि मन्त्रीसम्मको दबाब आएको पीडित पक्षले आरोप लगाएको हो । बैशाख १५ गते पीडित बालिका घरमा पढिरहेको बेला पछाडिको पर्खालबाट हामफाल्दै बटेश्वर गाउँपालिका–४ घर भई हाल क्षिरेश्वरनाथ नगरपालिका बस्दै आएका ४२ वर्षीय छिमेकी राजकुमार साहले बालिकालाई बलात्कार गरेका थिए । घटना भएदेखि नै विभिन्न प्रकारले दबाब आईरहेपनि स्थानीयको सहयोगमा पीडित पक्षले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा मुद्दा दर्ता गराएपछि पक्राउ परेका थिए । घटना अदालतसम्म पुगेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, र क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगी पञ्जियारले घटना दबाउन मुद्दा फिर्ता लिन दबाब दिँदै आएका छन् । नागरिक दैनिकमा खबर छ । २०७६ असोज १ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १, २०७६ बुधवार - १६:३९:०४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology