शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

"पासवर्ड" चलचित्र निर्माण कम्पनी एबी इन्टरनेशनलले नयां सिनेमा निर्माण गर्ने

"पासवर्ड" चलचित्र निर्माण कम्पनी एबी इन्टरनेशनलले नयां सिनेमा निर्माण गर्ने

विष्णु ठकुरी

५, फाल्गुण २०७६
  • 5.8K
    SHARES
  • काठमाडौं ४ फाल्गुन सत्य कथामा आधारित ‘वोर्न टू डान्स’ नामक चलचित्र निर्माण घोषणा गरेको छ। नेपाली सिनेमा क्षेत्रमा फरक प्रयोग र उत्कृष्ट सिनेमा बनाउने कम्पनीको रूपमा पर्चित एबी इन्टरनेशनल जस्ले बलिउड अभिनेत्री शनि लियोन लाई राखेर पासवर्ड नामक चलचित्र निर्माण गरिसकेको छ साथै इन्टरनेशनल कै बैनरमा अहिले हिन्दी चलचित्र लैला मन्जु पनि छायांकनको क्रममा रहेको छ । पुजा शर्मा,आकाश अधिकारी,सोनम तोपदेनको मुख्यमा निर्माण सम्पन्न भैसकेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ आगामी बर्षको भदौ ५ गते रिलिजको तयारीमा रहेको छ। निर्माण घोषणा गरिएको चलचित्र ‘वोर्न टू डान्स’को निर्देशन अमन तामाङले गर्ने छन् भने अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी रहनेछ । यो चलचित्र एबी इन्टरनेशनलको ड्रिम प्रोजेक्टको रुपमा रहेको र चलचित्रको लागि कलाकार छनौट कार्य जारी रहेको र छिटै टुंगो लाग्ने निर्माण कम्पनीले जनाएको छ। चलचित्रको छायांकन नेपाल बेलायत र अमेरिकामा गरिनेछ । चलचित्र लाई २०७७ मै रिलिज गरिने छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ५, २०७६ सोमवार - २३:२५:२८ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology