शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आईसीसी महिला टी–२० विश्वकपको उद्घाटन खेलमा घरेलु टोली अस्ट्रेलिया र भारत भिड्दै

आईसीसी महिला टी–२० विश्वकपको उद्घाटन खेलमा घरेलु टोली अस्ट्रेलिया र भारत भिड्दै

नागरिक पाटी

९, फाल्गुण २०७६
  • 6.3K
    SHARES
  • काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको सातौं संस्करण आज ९फेब्रुअरी २१०बाट अस्ट्रेलियामा सुरु हुँदै छ। प्रतियोगिताको उद्घाटन खेलमा डिपेन्डिङ च्याम्पियन अस्ट्रेलिया र भारत प्रतिस्पर्धा गर्दैछन्। दुवै टोली आजको खेलबाट सुखद नतिजाबाट प्रतियोगिता सुरु गर्ने दाउमा छन्। मार्च ८ सम्म ९१७ दिन० चल्ने प्र्रतियोगितामा १० टिम सहभागी छन्, जसमा पाँच–पाँच टिमको दुई समूह बनाइएको छ। समूह ‘ए’मा अस्ट्रेलिया, बंगलादेश, भारत, न्युजिल्यान्ड र श्रीलंका रहेका छन् भने समूह ‘बी’मा इंग्ल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, थाइल्यान्ड र वेस्ट इन्डिज रहेका छन्। टुर्नामेन्ट फर्म्याटमा सञ्चालन हुने उक्त प्रतियोगितामा समूह चरणका विजेता र उपविजेता सेमीफाइनल पुग्नेछन्। समूह चरणमा प्रत्येक टोलीले चार–चार खेल खेल्नेछन्। टी–२० महिला क्रिकेट विश्वकपमा अस्ट्रेलियाले सबैभन्दा धेरै ९चार पटक० उपाधि जितिसकेको छ। यस्तै, इंग्ल्यान्ड र वेस्ट इन्डिज एक–एक पटक विश्व च्याम्पियन बनेका छन्। सन् २००९ मा भएको आईसीसी महिला क्रिकेट विश्वकपको पहिलो संस्करणको उपाधि इंग्ल्यान्डले जितेको थियो। त्यसयता उपाधिमाथि अस्ट्रेलियाको वर्चस्व कायम छ। अस्टे«लियाले दोस्रो, तेस्रो, चौथो र छैटौं संस्करणको उपाधि जितेको छ। पाँचौ संस्करणको उपाधि भने वेस्ट इन्डिजको पोल्टामा छ। पाँचौं संस्करणको विश्वकपमा पहिलोपटक फाइनलको यात्रा तय गरेको वेस्ट इन्डिजले उपाधि उचालेको थियो। विश्वकपमा वेस्ट इन्डिज चार पटक सेमीफाइनलसम्म पुगेको छ। विश्वकपको ‘हेबिवेट’ इंग्ल्यान्डले पहिलो संस्करणको उपाधिपछि तीन पटकसम्म फाइनल यात्रा तय गरिसकेको छ। विश्वकपमा दुई पटक फाइनलमा पराजित भएको न्युजिल्यान्ड दुई पटक नै सेमीफाइनलबाट बाहिरिएको छ। न्युजिल्यान्ड पहिलो र दोस्रो संस्करणको विश्वकपमा क्रमशः इंग्ल्यान्ड र अस्ट्रेलियासँग फाइनल हारेको थियो। यस्तै, भारत तीन पटक ९पहिलो, दोस्रो र छैटौं संस्करण० सेमीफाइनल पुगिसकेको छ। दक्षिण अफ्रिका भने चौथो संस्करणको विश्वकपमा सेमीफाइनलमा पुगेको थियो। यसअघिका विश्वकपमा सहभागी देशमध्ये श्रीलंका, पाकिस्तान, आयरल्यान्ड र बंगलादेश समूह चरणभन्दा माथि पुग्न सकेका छैनन्। थाइल्यान्ड भने पहिले पटक मात्र विश्वकपमा सहभागी भएको हो।  

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ९, २०७६ शुक्रवार - १७:३३:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology