शिवराज आचार्य
डुम्रेचौर धादिङ ,१० फागुन । गल्छि गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ आज सम्पन्न भएको छ । शिक्षाका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद सबैका लागी खेलकुल भन्ने मूल नाराका साथ हिजोबाट सुरुभएको गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सम्पन्न भएको छ ।

प्रतियोगिता गल्छि गाउँपालिका वडा नम्बर १ को डुम्रेचौरमा रहेको सरस्वति माध्यमिक विद्यालयको प्राङगणमा प्रतियोगिता दुई दिन सम्म सञ्चालन भएको थियो । प्रतियोगितामा प्रथम र द्धितिय हुने विद्यार्थीहरु लाई समान पञ र मेडल प्रदान गरिएको थियो । विभिन्न विदामा सञ्चान भएको प्रतियोगिताबाट प्रथम स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई जिल्लमा आयोजना हुने खेलकुद प्रतियोगितामा गाउँपालिका बाट सिफारिस गरिने गल्छि गाउँपालिका खेलकुद विकास समितिका संयोयजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष राजन श्रेष्ठले बताएका छन ।

समापन कार्यक्रममा जिल्ला समन्वय समितिमा संयोजक जगन्नाथ नेपाल,शिक्षा तथा युवा शाखा गल्छिका प्रमुख बुद्धि प्रसाद भट्ट,स्वास्थ्य शाखा प्रमुख राम प्रसाद ज्ञवाली ,वडा नम्बर १ का वडा अध्यक्ष पुर्ण प्रसाद खतिवडा , खेलकुद विकास समितिका संयोयजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष राजन श्रेष्ठ विभिन्न विद्यालयका प्रअ तथा शिक्षक,विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रमको रेडियो राजमार्ग ९२.१ मेगाहर्जले प्रत्यक्ष प्रसारण गरेको थियो ।