शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दक्षिण कोरियामा कोरोनाबाट १३ जनाको मृत्यु, पन्ध्र सय बढि सँक्रमित

दक्षिण कोरियामा कोरोनाबाट १३ जनाको मृत्यु, पन्ध्र सय बढि सँक्रमित

नागरिक पाटी

१५, फाल्गुण २०७६
  • 5.1K
    SHARES
  • सिओल । कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरियामा १३ जनाको मृत्यु भएको छ भने एक हजार ५९५ जना संक्रमित भएका छन् । एकैदिनमा ३३४ जनामा संक्रमण भएको र एकजनाको मृत्यु भएको छ । कोरोना तीव्र रुपमा फैलिरहेकोले अमेरिका(दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास अर्को सूचना नआउञ्‍जेलसम्मका लागि स्थगित गरिएको छ । दक्षिण कोरियामा रहेका अमेरिका सेना र अन्य सदस्यहरुमा पनि कोरोनाको संक्रमण देखिएको सीएनएनले जनाएको छ । अधिकांश मुलुकहरुले दक्षिण कोरियाबाट हुने यात्रामाथि प्रतिबन्ध लगाइएको छ । अमेरिकाले उक्त मुलुकमा हुने यात्रालाई पुनर्विचार गर्न सुझाव दिएको छ । इटालीमा हालसम्म ४०० जनामा संक्रमण भएको छ । जुन एसिया बारेको सबभन्दा धेरै प्रकोप भएको बताइएको छ । इटालीमा १० हजारभन्दा बढी नागरिकलाई क्‍वारेन्टाइनमा राखिएको छ । इरानमा १९ जनाको मृत्यु भएको छ भने १३९ जना संक्रमित भएका छन् । यस साता मध्यपूर्वी मुलुकहरु कुवेत, बहराइन र लेबनानमा पनि कोरोना संक्रमित फेला परेका छन् । विश्‍व स्वास्थ्य संगठनका अनुसार पहिलो पटक एक दिनमा चीन बाहिर चीनभन्दा बढीमा संक्रमित भेटिएका छन् । चीनमा बुधबार ४१२ जनामा संक्रमण भएको पाइएको थियो भने चीन बाहिर बुधबार ४५९ जना नयाँ संक्रमित भेटिएका हुन् । हालसम्म चीनमा ७८ हजार ४९७ जनामा कोरोनाको संक्रमण भएको छ भने चीनबाहिर तीन हजार २२५ जना संक्रमित भएका छन् । विश्वभर ८१ हजार ७२२ जनामा कोरोना संक्रमण भएको छ । त्यसैगरी चीनमा मात्र दुई हजार ७४४ जनाको मृत्यु भएको छ भने चीन बाहिर ५७ गरी विश्वभर दुई हजार ८०१ जनाको मृत्यु भएको छ । - सीएनएन

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १५, २०७६ बिहिवार - १९:१३:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology