शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बुढासुब्बा गोल्डकपको उपाधि मनाङलाई

बुढासुब्बा गोल्डकपको उपाधि मनाङलाई

नागरिक पाटी

१८, फाल्गुण २०७६
  • 5.0K
    SHARES
  • काठमाडौं ,१७ फागन । २२औं बुढासुब्बा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । आज शनिबारभएको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३/१ गोलले पराजित गर्दै मनांगले उपाधि जितेको हो । जितसँगै मनांगले १० लाख रुपैयाँ हात पारेको छ भने पुलिसले ५ लाखमा चित्त बुझाएको छ । खेलमा मनाङले ११औं मिनेटमा दयानन्द सिंहको गोलबाट अग्रता लिएको थियो । पेनाल्टी बक्सभित्र पुलिसका गोलरक्षक र संजीत श्रेष्ठबीच तालमेल नमिल्दा सिंहले गोल गरेका थिए । दोस्रो हाफको सुरुमा नै निशान लिम्बुले मनाङको अग्रता दोब्बर बनाए तर ६६ औं मिनेटमा पाएको पेनाल्टीमा पुलिसका भेला सिलवालले गोल फर्काए । इन्जुरी टाइममा विमल रानाले गोल गरेपछि मनाङले ३/१ को जितका साथ उपाधि उचाल्यो । मनाङका अञ्जन विष्ट म्यान अफ दि म्याच बन्दा विमल राना उत्कृष्ट गोलकर्ता घोषित भएका थिए । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपरमा मनाङका अशोक बराल, उत्कृष्ट डिफेन्डरमा पुलिस क्लबका सुमन सुवेदी, उत्कृष्ट मिडफिल्डरमा मनाङका पुजन उपरकोटी, उत्कृष्ट फरवर्डमा पुलिस क्लबका कप्तान जुमानु राई र उत्कृष्ठ प्रशिक्षकमा मनाङका फुजा टोपे घोषित भएका छन् । सबैले समान २५र२५ हजार हात पारे । यस्तै चार गोलसहित सर्वाधिक गोलकर्ता बनेका मनाङका दयानन्द सिंहले ३५ हजार रुपैयाँ प्राप्त गर्दा धरान फुटबल क्लबका दिवस मास्के उदयीमान खेलाडी बनेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १८, २०७६ आइतवार - ०४:४१:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology