शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाल हङकङसँग ४३ रनले पराजित

नेपाल हङकङसँग ४३ रनले पराजित

नागरिक पाटी

१८, फाल्गुण २०७६
  • 5.8K
    SHARES
  • काठमाण्डौ ,१८ फागुन । एसीसी टी–२० पूर्वी क्षेत्रीयमा नेपाललले लगातार दोस्रो हार बेहोरेको छ । सोमबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको छ । हङकङसँगको हारपछि नेपालको शीर्ष दुईमा रहने सम्भावना निकै कमजोर बनेको छ । विश्व वरीयतामा नेपालभन्दा तल रहेको हङकङसँगको हारमा नेपालको ब्याटिङ नै मुख्य कारण बन्यो । हङकङले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपाल १८ दशमलव १ ओभरमा एक सय ११ रनमा अलआउट भयो । सुरुवात राम्रो गरेको नेपालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो । ओपनर ज्ञानेन्द्र मल्ल र कुशल मल्लले पहिलो विकेटका लागि राम्रो साझेदारी गरेका थिए । कुशलले १९ रन बनाए । त्यसपछि क्रिजमा आएका पारस खड्का मात्र चार रनमा पेभेलियन फर्किँदा उपकप्तान दिपेन्द्रसिंह ऐरी पनि पाँच रनमा आउट भए । त्यसपछि पवन शर्राफ एक रनमा पेभेलियन फर्किँदा नेपालले ७१ रनमा चार विकेट गुमायो । नेपालको मध्यक्रमका खेलाडी हङकङका बलरसामु धेरै बेर क्रिजमा टिक्न सकेनन् । विनोद भण्डारी पाँच रनमा आउट हुँदा नेपालको स्कोर ७९ रन थियो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल ४६ रनमा पेभेलियन फर्किएपछि नेपाल निकै दबाबमा पर्‍यो । ज्ञानेन्द्र मल्ले ४३ बलमा चार चौका र एक छक्का प्रहार गरे । नेपाली टिमको ब्याटिङमा समस्या देखियो । करण केसी पनि मात्र सात रनमा आउट भएपछि नेपालको खेल हातबाट बाहिरियो । सन्दीपले खाता खोल्न नसक्दाआरिफ शेख १० रनमा आउट भएका छन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १८, २०७६ आइतवार - २१:४७:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology