शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

मृतकको अन्त्यष्टिपछि कोरोना पुष्टि, टोल नै सील

मृतकको अन्त्यष्टिपछि कोरोना पुष्टि, टोल नै सील

नागरिक पाटी

२४, जेठ २०७७
  • 8.5K
    SHARES
  • मृतकको अन्त्यष्टिपछि कोरोना पुष्टि, टोल नै सील

    काठमाडौं । कैलालीमा मृतकको अन्त्यष्टिपछि कोरोना संक्रमण भएको पुष्टि भएपछि मलामी तथा अत्येष्टीमा सहभागीको खोजी थालिएको छ।

    images

    सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा हिजो शुक्रबार मृत्यु भएकी धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलाको शनिबार बिहान अन्त्यष्टि गरिएको थियो। तर अन्त्यष्टिपछि मृतकको रिपोर्ट कोरोना पोजिटिभ देखिएपछि परिवार तथा स्थानीयमा त्रास फैलनुको साथै सहभागीहरुको कन्ट्क्याक्ट ट्रेसिङको लागि खोजी भैरहेको हो।

    सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले अन्त्यष्टि अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा कोरोना पुष्टि भएकोे जानकारी दिए।

    धनगढी उपमहानगरपालिका ४ का वडा अध्यक्ष दीपककुमार थापा क्षेत्रीले मृतकको अन्त्येष्टि शनिबार बिहान अन्त्यष्टि गरिएको बताए। वडा अध्यक्ष क्षेत्रीका अनुसार वडा नम्बर ४ महिमा टोलकी मृतकको अन्येष्टीमा करिब ४५ जनाको सहभागिता थियो।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २४, २०७७ शनिवार - २०:२८:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology