शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङबाट ४ जना अबैध जडीबुटी यार्सागुम्बा सहित पक्राउ

धादिङबाट ४ जना अबैध जडीबुटी यार्सागुम्बा सहित पक्राउ

नागरिक पाटी

१३, आषाढ २०७७
  • 11.0K
    SHARES
  • धादिङबाट ४ जना अबैध जडीबुटी यार्सागुम्बा सहित पक्राउ

    धादिङ । अबैध जडीबुटी यार्सागुम्बा सहित धादिङमा ४ जना पक्राउ गरेको छ । रुविभ्यालीबाट धादिङबेसी तर्फ आउँदै गरेको बा ५ ख ६१८० नम्बरको स्वराज मिनि ट्रकमा चेकजाँच गर्ने क्रममा नीलकण्ठ नगरपालिका वडा नं १२ दामगाडेबाट शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    images
    images

    पक्राउ पर्नेमा मिनि ट्रक चालक धादिङ रुविभ्याली गाउँपालिका वडा नं १ बस्ने पेम्बा तामाङ, सह–चालक सोही ठाउँका टसी तामाङ, झ्यापरोङ तामाङ र ग्युार्मे नामग्याल तामाङ छन् । ट्रकलाई रोकी खानतलासी गर्दा गाडी भित्र प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा बरामद गरिएको हो ।

    उनीहरुको साथबाट जटामसी ३१० किलो ०७७ ग्राम, निरमसी २ किलो १५० ग्राम, गुची च्याउ १७ ग्राम, यार्सा गुम्बा १ किलो ८ ग्राम बरामद गरिएको धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १३, २०७७ शनिवार - २१:१०:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology