काठमाण्डौं । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा प्रदेश २ मा एकसय ३ जना संक्रमित थपिएका छन्। पर्सामा ३८ जना, धनुषामा ३० जना, महोत्तरीमा ३० जना, बारामा ३ जना, सिरहा र सर्लाही ११ जनामा गरि प्रदेश भरि १०३ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए। यो सँगै पाँच हजार नौ जनामा संक्रमण पुष्टि भएको छ।