शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना संक्रमण देखिएका प्रदेश २ का मन्त्रीसँग प्रधानमन्त्री ओलीसहित ७ मन्त्रीको पनि भेटघाट

कोरोना संक्रमण देखिएका प्रदेश २ का मन्त्रीसँग प्रधानमन्त्री ओलीसहित ७ मन्त्रीको पनि भेटघाट

नागरिक पाटी

२२, श्रावण २०७७
  • 5.6K
    SHARES
  • कोरोना संक्रमण देखिएका प्रदेश २ का मन्त्रीसँग प्रधानमन्त्री ओलीसहित ७ मन्त्रीको पनि भेटघाट

    काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँग भेटघाट गरेका अरु मन्त्रीले पनि कोरोना परीक्षण गराउने तयारी गरेका छन्। संक्रमण पुष्टि भएका मन्त्री यादवसँगै प्रदेशका सुरक्षा हेर्ने ५ मन्त्री, प्रधानमन्त्री केपी शर्मा ओली, गृह मन्त्री रामबहादुर थापा, कानुन मन्त्री शिवमाया तुम्वाहाम्फेसँग छलफल गरेका थिए।

    images
    images

    छलफलमा गृह सचिव महेश्वर न्यौपाने, कानुन मन्त्रालयका सचिव ऋषि राजभण्डारी, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सल्लाहकार सूर्य सुवेदीलगायत पनि सहभागी थिए।

    प्रहरी समायोजन सम्बन्धी यो छलफलमा गण्डकी प्रदेशका हरिबहादुर चुमान, प्रदेश ५ का कुलबहादुर केसी, कर्णाली प्रदेशका नरेश भण्डारी पनि सहभागी थिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २२, २०७७ बिहिवार - १४:२३:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology