मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ को तीनताप्केमा भएको अटो दुर्घटनामा मृत्यु भएका २ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर ५ का अमृत लोप्चन र बाबुराम रुम्बा रहेका छन् । यसैगरि दुर्घटनामा घाइते भएका मनहरी गाउँपालिका वडा नंबर ५ का ठुलोकान्छा खड्का को चुरेहील अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
केहि समय अघि पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडाको तीनताप्के सडक खण्डमा चितवन तर्फ जाँदै गरेको ना ६ ख १६११ नंबरको ट्रकले बस्तिपुरबाट हेटौंडा आउँदै गरेका ना २ ह ३४६६ नंबरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।