शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरको टिष्टुङ गैरीगाउँ ढुङ्गाखानीमा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए

मकवानपुरको टिष्टुङ गैरीगाउँ ढुङ्गाखानीमा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए

नागरिक पाटी

३०, श्रावण २०७७
  • 12.1K
    SHARES
  • मकवानपुरको टिष्टुङ गैरीगाउँ ढुङ्गाखानीमा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए

    सांकेतिक तस्बिर
    टिस्टुङ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा रहेको ढुङगा खानिमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् । पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए।

    images
    images


    बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । पहिरोमा परी एउटा स्काभेटर र तीन वटा टिपर पुरिएका छन् । खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्ने टिपर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेका हुन् ती गाडीमा रहेका व्यक्ति भने गाडीको सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन्।

     

    पहिरोपछि सम्पर्कमा नरहेका काले मोक्तान ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आएका थिए ।पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ । घटनाको खबर पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । अहिले बिहान प्रहरी घटनास्थल पुगिसकेको बताएको छ। रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३०, २०७७ शुक्रवार - ०७:३८:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology