मकवानपुर। आज मकवानपुरमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ २० मध्ये १२ जना हेटौंडा उपमहानगरपालिकाका, १ जना मनहरी गाउँपालिकाका र ७ जना मकवानपुर जिल्ला बाहिरका भए पनि हेटौंडा बस्ने गरेका नागरिक हुन् । पछिल्ला दिनहरुमा मकवानपुरमा पनि संक्रमितहरु थपिनेक्रम बढ्दो छ ।