शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरमा २६ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा २६ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२, भाद्र २०७७
  • 6.2K
    SHARES
  • मकवानपुरमा २६ जनामा कोरोना संक्रमण पुष्टि

    मकवानपुर । मकवानपुर जिल्लामा मंगलबार थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेहरुमा हेटौंडा उपमहानगरपालिका क्षेत्रका मात्रै १८ जना रहेका छन् ।

    images
    images

    पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हेटौंडाका १८ जनामध्येमा हेटौंडा उपमहानगरपालिका–४ का सबैभन्दा बढी ५ जनामा संक्रमण पुष्टि भएको छ ।

    हेटौंडा उपमहानगरपालिका भित्रका ५ जना सरकारी कर्मचारीलाई पनि कोरोना भएको छ । हेटौंडा–५ का ३ जना, हेटौंडा–६ का १ जना, हेटौंडा–२ का १ जना, हेटौंडा–८ का १ जना, हेटौंडा–११ का २ जना, हेटौंडा–१२ का २ जनामा संक्रमण पुष्टि भएको हेटौंडा–४ कर्रामा रहेको आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईले जानकारी दिएका छन । मकवानपुर गढी गाउँपालिकाका ३ जना र वाग्मती गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताएका छन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - १६:२३:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology