शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ गजुरीकी महिला ९ किलो चरेशसहित काठमाडौंबाट पक्राउ

धादिङ गजुरीकी महिला ९ किलो चरेशसहित काठमाडौंबाट पक्राउ

नागरिक पाटी

५, भाद्र २०७७
  • 12.8K
    SHARES
  • धादिङ गजुरीकी महिला ९ किलो चरेशसहित काठमाडौंबाट पक्राउ

    काठमाडौं । प्रहरीले नौ किलो ३५० ग्राम चरेशसहित काठमाडौंबाट एक महिलालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका १२ बलम्बुबाट धादिङ गजुरी गाउँपालिका-८ की २२ वर्षीया पवित्रा थिङलाई बिहिबार राति पक्राउ गरेको हो।

    images
    images

    वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बलम्बुमा डेरा गरेर बस्ने थिङले कोठाभित्र जेब्रा झोलामा लुकाएर राखेको अवस्थामा चरेश बरामद गरिएको जानकारी दिए। पक्राउ परेकी थिङका श्रीमान् फुलबहादुर तामाङ भने फरार रहेका छन्। उनीमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७७ शुक्रवार - ०९:४२:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology