हेटौंडा । चितवन मेडिकल कलेजमा उपचारत हेटौंडाकी एक जना महिलनको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको आज शुक्रबार विहान ६ः५० बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिएका छन् ।
निमोनिया र दमको बिरामी ती महिलालाई यही भदौं ७ गते विहान ९ः३० बजेको समयमा श्वासप्रश्वासको समस्या भइ जटिल अवस्थामा चितवन मेडिकल कलेज ल्याइएको थियो । सोही बेला कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो । उनलाई अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।