मकवानपुर। बागमती प्रदेश सरकारले भर्खरै स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा. डा.विश्वराज जोशीको सिफारिसमा सामाजिक विकासमन्त्री तथा सहकुलपति युवराज दुलालले प्रतिष्ठानका शिक्षाध्यक्षमा डा. सतीश देव, रजिष्ट्रारमा राजेश प्रसाईं, निर्देशकमा डा. हरिबहादुर खड्का र संयोजकमा चिरञ्जीवी चुँडाललाई नियुक्त गरेका हुन् ।
नवनियुक्त पदाधिकारीलाई हिजो सोमबार नै पद तथा गोपनीयताको शपथ गराइएको थियो । प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीले पनि सोमबार नै शपथ ग्रहण गरेका थिए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रतिष्ठान महत्त्वपूर्ण रूपमा स्थापना भएको भन्दै यसलाई सामान्यरुपमा नलिन आग्रह गर्नुभयो ।