शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न प्रधानमन्त्री ओलीको आग्रह

कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न प्रधानमन्त्री ओलीको आग्रह

नागरिक पाटी

२, कार्तिक २०७७
  • 7.2K
    SHARES
  • कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न प्रधानमन्त्री ओलीको आग्रह

    काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यक्षको निष्कर्ष मान्न कर्णालीका नेताहरुलाई आग्रह गर्नुभएको छ ।
    सरकारी निवास बालुवाटारमा बोलाएर उहाँले कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने भन्दै दुई अध्यक्षबीचको छलफलले निकाल्ने निष्कर्ष मान्न आग्रह गर्नुभएको हो । अब चाँडै छलफल गरेर कर्णालीको विवादबारे बहस गर्ने र विवाद समाधानका लागि उचित निर्णय गरिने प्रधानमन्त्री ओलीलाई उदृत गर्दै एक नेताले बताउनुभएको छ ।

    images
    images

    बालुवाटारमा भएको छलफलमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपाका सह–इन्चार्जहरु प्रकाश ज्वाला र यमलाल कँडेल, सचिव मायाप्रसाद शर्मा र नेता चन्द्रबहादुर शाहीले आफ्नो भनाई राख्नुभएको थियो ।

    यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका दुवै पक्षका नेताहरुसँग एक चरणमा छलफल गर्नुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्रको विवाद थप बढेको छ ।

    विवाद समाधानका लागि केन्द्रको निर्देशन अनुसार कर्णाली प्रदेशका नेकपा पदाधिकारी काठमाण्डौ आएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २, २०७७ आइतवार - ०६:३३:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology