धादिङ । धुनिबेशी नगरपालिका वडा नम्बर ४ जिम्मलगाउँ (ढुंगेनी) की सान्नानी सार्कीको हत्यामा सँलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । सार्कीको हत्या गर्ने पाँच जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले शुक्रबार सार्बजनिक गरेको हो ।
कानमा र घाँटीमा लगाएको गरगहना लुट्नकै लागि सान्नानी सार्कीको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत पुस २४ गते राती २ बजे घरमा सुतिरहेको समयमा सान्नानी सार्कीको हत्या भएको ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रमुख रुपा थापाले जानकारी दिनुभएको छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ बस्ने २५ बर्षिय अनिल थिङ भन्ने जय बहादुर सिंगार, खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका वडा नम्बर ९ जन्मभई सप्तरी जिल्ला अग्नीसाईर कृष्णसवरन गाउँपालिका वडा नम्बर ६ बस्ने बर्ष ३२ का साजन विक, ओखलढुंगा जिल्ला चिशखुसीगढी गाउँपालिका वडा नम्बर ३ जन्मभई मोरङ जिल्ला बिराटनगर महानगर पालिका वडा नम्बर ३ घई भई काठमाण्डौँ थानकोट बस्ने बर्ष २४ का अबिसराज कार्की, काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका १३ माईती घर भई नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्बर ५ घर भई काठमाण्डौँ बाफल बस्ने बर्ष ३३ की पुष्पा कुमारी पौडेल र काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर २ घर भई काठमाण्डौँ कालीमाटी बस्ने बर्ष ४२ का सुन व्यवसायी धन बहादुर कालीराजलाई धादिङ प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर र सोहि सहिताको परिच्छेद २० को चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

यसरी भएको थियो सान्नानी सार्कीको हत्या
ससुरालीमा बस्दै आएका अनिल थिङ भन्ने जय बहादुर सिंगारले सान्नानी सार्कीको हत्या गर्नकै लागि काठमाण्डौबाट चार जना साथिहरु बोलाई हत्याको योजना बनाएको समेत अनुसन्धानबाट खुलेको छ । हत्या गर्ने राती सँगै साथिहरुले रक्सी खाएर सुतिरहेको सान्नानी सार्कीलाई उठाई टाउँकोमा ढुंगा प्रहारी गरी हत्या गरी तिलहरी १ थान, रिङ १ जोर, ढुङ्ग्री १ थान लुटी राती नै काठमाण्डौँ गएका थिए । भोली पल्ट २५ गते पुष्पा कुमारी पौडेल मार्फत लुटपाट गरी ल्याएको सुन कालिमाटीमा रहेको धनरत्न सुन चाँदी पसलमा ५० हजार ३ सय ८९ रुपैयाँ बेचि पैसा बाँडी लिएका थिए ।