शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘कृष्ण लीला’को रिलिज स्थगित

‘कृष्ण लीला’को रिलिज स्थगित

विष्णु ठकुरी

२०, चैत्र २०७७
  • 6.8K
    SHARES
  • ‘कृष्ण लीला’को रिलिज स्थगित

    काठमाडौंँ । फिल्म ‘कृष्ण लीला’को रिलिज मिति सरेको छ । २७ चैत्र प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको लगानी जोखिममा परेको भन्दै रिलिज स्थगित गरेको हो ।

    images
    images

    फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेलले हल व्यवसायीहरुको साथ नभएको कारण फिल्म सार्नु परेको गुनासो गरे । ‘फिल्म २७ चैत्रमा रिलिज गर्न हामी तयार थियौं । तर, हल व्यवसायीलाई लगानी सुरक्षित हुने वातावरण बनाउन गरिएको आग्रह वेवास्था गरियो’ रोहितले भने ‘करोडौंको लगानीमा जोखिम नउठाउँ भनेर फिल्म सारियो ।’

    यो सँगै २७ चैत्रमा आउँने भनिएको तीन फिल्म नै सरेको छ । यो मितिमा आउँन भनिएको अन्य दई फिल्ममा ‘लप्पन छप्पन २’ र ‘मनसँग मन’ले केही अगाडि रिलिज मिति सारिसकेको छ । दीपक ओलीको निर्देशन रहेको फिल्म ‘कृष्ण लिला’मा पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य भूमिका छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २०, २०७७ शुक्रवार - ११:०९:३७ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology