नीलकण्ठ नगरपालिकाको संक्षिप्त परिचय
उत्तरमा हिमालय देखि दक्षिणमा महाभारत पर्वतसम्म फैलिएको देशको एक मात्र जिल्ला धादिङमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार भएको हो । नीलकण्ठ, साङ्कोष, सुनौलाबजार, मुरलीभञ्ज्याङ धुवाकोट, ज्यामरुङ र खाल्टे गा.वि.स.लाई समेटेर स्थापना भएको यो नगरपालिका देशको राजधानी काठमाडौं देखि ८९ कि.मी. मा अवस्थित छ ।
साविकको नीलकण्ठ गा.वि.स.को नामलाई नै कायम गरी यो नगरपालिकाको नामाकरण नीलकण्ठ गरिएको हो । जसको अर्थ भगवान शिवले विष सेवन गरि आफ्नो कण्ठमा राख्नु भएको र कण्ठ नीलो भएकोले नीलकण्ठ नामाकरण भएको किम्बदन्तीमा उल्लेख छ । साथै थोपल खोला नजिक रहेको ढाँडदेवी मन्दिरलाई नीलकण्ठ बनाइएको भन्ने पनि इतिहासमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्..
पालिका परिचय : सिद्धलेक गाउँपालिका, धादिङ
पालिका परिचय : वेनीघाट रोराङ गाँउपालिका, धादिङ
पालिका परिचय : गजुरी गाउँपालिका, धादिङ
पालिका परिचय : गल्छी गाउँपालिका, धादिङ