शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

संचारकर्मी सुरेन्द्र थापाको प्रस्तुतिमा लघु चलचित्र छोरी

संचारकर्मी सुरेन्द्र थापाको प्रस्तुतिमा लघु चलचित्र छोरी

विष्णु ठकुरी

११, आश्विन २०७८
  • 10.1K
    SHARES
  • संचारकर्मी सुरेन्द्र थापाको प्रस्तुतिमा  लघु चलचित्र छोरी

    काठमाडौं । अमेरिकामा रहेकी छोरी र नेपालमा रहेका बाबुबीच भेट नहुँदाको पीडा समेटेर लघुचलचित्र ‘छोरी’ निर्माण गरिएको छ । वसन्त पोखरेलको लेखन र निर्देशन रहेको चलचित्र १५ मिनेटको रहेको छ ।

    images
    images

    निर्देशक पोखरेलले अमेरिकामा प्रशस्त सम्पत्ति भएर पनि दशैं, तिहार, तिजजस्ता नेपालीहरुको महान चार्डपर्व मनाउन नपाएकी एउटी छोरी र नेपालमा सम्पत्ति भएर पनि आफन्त, परिवार र आफ्नो सन्तान आफु सँग नभएको बाबुको पीडालाई फिल्ममा देखाइएको बताए ।

    फिल्माका प्रस्तुतकर्ता सुरेन्द्र थापा हुन् । सुरेन्द्र लामो समय देखि संचार क्षेत्रमा आबद्द छन् उनले पत्रकारिता संगै विभिन्न लघुचलचित्र, टेलिचलचित्र वृत्तचित्र निर्माण तथा अभिनय समेत गरिसकेका छन् । सुवासप्रसाद पाण्डे निर्माता र नमराज भण्डारी कार्यकारी निर्माता रहेको फिल्ममा वसन्तसँगै सरिता भुजेल, अजय पन्त र सुरेन्द्र थापालगायतका कलाकारको अभिनय छ ।

    फिल्ममा गौतमराज खड्काको ग्राफिक्स र सम्पादन, ज्ञानु राईको छायांकन, मनोजराज बाहकको ध्वनी, सौगात बस्नेतको मुख्य सहायक निर्देशन र मिनाक्षी भट्टराईको श्रृंगार रहेको छ ।

    फिल्म दशैको छेको पारेर डिजिटल प्रविधिबाट रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ११, २०७८ सोमवार - ०९:२२:५९ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology