काठमाडौं / यतिबेला यूबा पुस्तामाॉझ निकै लोकप्रिय छिन अभिनेत्री उपासनासिंह ठकुरी । चलचित्र अभिनयसंगै बिभिन्न क्षेत्र र बिधाहरूमा भब्य उपस्थिति जनाउन सफल उपासनालाई पुन: ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले थप एक बर्षका लागि ब्राण्ड एम्बेसडर रूपमा नियुक्त गरेपछी उपासनाको उचाई चुलिएको छ ।
चलचित्र बृत्तमा शालिन. सभ्य र मिजासिली अभिनेत्रीको रूपमा चिनिएकी उपासनालाई अब केही हप्ता उनका फ्यानहरूले बिभिन्न शहरहरूमा भेट्ने पाउंने भएका छन । उपासना र उनका प्रशंसकहरूबीचको भेटको चांजो पांजो भने ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले मिलाएको हो । आफू ब्राण्ड एम्बेस्डर भएको सस्थाले बिभिन्न शहरहरूमा आयोजना गर्न लागेको ऐजुकेशन फेयर मध्ये केही शहरहरूमा उपासनाले तुरून्तै सहभागिता जनाउने छिन भने केही शहरहरूमा भने केही समयपछी सहभागिता जनाउने जानकारी दिइएको छ ।

यसैबीच सस्थाले बिध्यार्थीहरूका लागि शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । जानकारी दिइए अनुसार पौष ७ मा काठमाण्डौ,पौष ९ पोखरा,पौष ११ इटहरी ,पौष १२ दमक,पौष १३ बिर्तामोड,पौष २३ हेटौंडा,पौष २४.चितवन र पौष २५ गते बुटवलमा शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।