शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पर्वतमा “प्रथम धौलागिरी चलचित्र महोत्सव २०७८” हुने

पर्वतमा “प्रथम धौलागिरी चलचित्र महोत्सव २०७८” हुने

विष्णु ठकुरी

६, पौष २०७८
  • 4.7K
    SHARES
  • पर्वतमा “प्रथम धौलागिरी चलचित्र महोत्सव २०७८” हुने

    काठमाडौं /पर्वतमा “प्रथम धौलागिरी चलचित्र महोत्सव २०७८” हुने भएको छ। अहुरी इन्टरटेन्मेन्ट प्रा.लि. किर्तिपुर काठमाडौं र विभिन्न कलासँग जोडिएका संघ संस्थाहरुको सहकार्यमा कुश्माको शिद्देश्वर चलचित्र हलमा यहि पौष ७ देखि १० गते सम्म महोत्सव आयोजना गर्न लागिएको हो।

    images
    images

     

    गण्डकी प्रदेश अन्तर्गत धौलागिरीको सन्दर नगरी कश्मा पर्वतमा “पर्यटन प्रर्वदन कला र संस्कृतिको संरक्षण, अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन” भन्ने मुल नाराका साथ महोत्सव आयोजना गर्न गरिएको हो।धौलागिरीको पर्वत, बाग्लुङ्ग, म्याग्दी र मुस्ताङ्ग भित्रका लगानी कर्ता, कलाकार, निर्देशक, लेखक र प्राविधिकले निर्माण गरेका लघु चलचित्र, डकुमेन्ट्री, एनिमेशन र ठूलो पर्दाको चलचित्रहरुको छनोट गरि प्रदर्शन गर्ने उद्देश्यका साथ महोत्सवको तयारी गरिएको कार्यक्रमका संयोजक तथा अहुरी इन्टरटेन्मेन्ट प्रा.ली.का अध्यक्ष विशाल लोहनीले जानकारी दिए।

     

    धौलागिरीको संस्कृति, पर्यटन र आर्थिक विकासमा प्रमुख सहयोग हुने गरि आयोजित महोत्सवमा धौलागिरीका करिब ३५० भन्दा वढि कलाकार र दर्जन बढि निर्माता, निर्देशकले सहभागीता रहने आयोजकले विश्वास लिएको छ।

    विगतका वर्षहरुमा धौलागिरी क्षेत्रमै बसेर भिडियोमार्फत् सघर्ष गरिरहेका कलाकारहरु, निर्देशक र निरन्तर लगानी गरेका निर्माताहरुलाई हौसला प्रदान स्वरुप महोत्सवमा सम्मान समेत गरिने भएको छ।

    महोत्सवको उद्धाटनसंगै ३० भन्दा वढि साना ठूला चलचित्रहरु चार दिन सम्म प्रदशनी हुने छ भने १० गते राष्ट्रिय स्तरमा ख्याती प्राप्त निर्देशक, कलाकार लगाएतका चलचित्र कर्मीहरुको विशिष्ठ आतिथ्यतामा कार्यक्रम समापन गरिनेछ। कार्यक्रम भव्यताका साथ सम्मन्न गर्नका लागि करिब ६ देखि ७ लाख बजेट तय गरिएको आयोजकले जनाएको छ।

    महोत्सव अवलोकनका लागि दर्शकहरुलाई रु. २००को टिकटमा २ पटकका लागि प्रवेश मान्य हुने गरी निर्धारण गरिएको छ। महोत्सव भव्य, सभ्य र सुरक्षितका साथ सम्पन्न गर्न आयोजकले सहयोगको अपेक्षा गरेको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ६, २०७८ मंगलवार - १९:२५:३३ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology