शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशीमा निर्माणाधिन भुवनेश्वरी खेल मैदानको काम सुस्त भयो : मेयर आचार्य

धुनिवेशीमा निर्माणाधिन भुवनेश्वरी खेल मैदानको काम सुस्त भयो : मेयर आचार्य

नागरिक पाटी

७, फाल्गुण २०७८
  • 15.6K
    SHARES
  • धुनिवेशीमा निर्माणाधिन भुवनेश्वरी खेल मैदानको काम सुस्त भयो : मेयर आचार्य

    धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले नगरपालिकामा निर्माणाधिन भुवनेश्वरी खेल मैदानको काम सुस्त भएको गुनासो गर्नुभएको छ । धुनिवेशी ५ पुरानोधार्केको खेल मैदान निर्माणको लागि बजेट बिनियोजन भई टेण्डर भएर पनि ठेकेदार कम्पनी आईसकेको अवस्थामा कामको स्पिड नभएको उहाँले गुनासो गर्नुभएको हो । नागरिकपाटी डटकम सँगको कुराकानीमा विगत एक महिनादेखी नै कामको गति नबढेको मेयर आचार्यको भनाई छ ।

    images
    images

    अहिले शौचालय बनाउने काम भैरहेको भन्दै ट्रष्ट निर्माण, ग्राउण्डको लेवलिङ लगायतको थुप्रै काम बाँकी रहेको मेयर आचार्यले बताउनुभयो ।कतिपय कामहरु आफुले मात्र चाहेर पुर्ण नहुने भन्दै उहाँले जति ढिला भयो उति नै ठेकेदार पक्षलाई घाटा हुने बताउनुभयो । उहाँले चाँडो काम सक्न पनि आग्रह गर्नुभएको छ । उक्त खेल मैदानको गत वर्ष साउन २१ गते शिलान्यास गरिएको थियो ।

    भिडियो हेर्नुहोस् ।

    यो पनि हेर्नुहोस् ।

    धुनिबेशीमा भुवनेश्वरी खेल मैदान निर्माणको शिलान्यास

     

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ७, २०७८ शनिवार - १२:१३:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology