शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

फन्टास्टिक ईभेन्न्टसको आयोजनामा सिड्नीमा हुने भयो होली मेला २०२२

फन्टास्टिक ईभेन्न्टसको आयोजनामा सिड्नीमा हुने भयो होली मेला २०२२

विष्णु ठकुरी

२१, फाल्गुण २०७८
  • 5.7K
    SHARES
  • फन्टास्टिक ईभेन्न्टसको आयोजनामा सिड्नीमा हुने भयो होली मेला २०२२

    काठमाण्डौ

    images
    अष्ट्रेलियाका बिभिन्न शहरहरूमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर लामो समयदेखी अष्ट्रेलियामा रहेका कार्यक्रम आयोजकहरूले प्रबासी नेपालीहरूलाई नेपाल र नेपाली संस्कृतिको झझल्को दिने कार्यक्रमहरूको आयोजना गर्दै आइरहेका छन ।
     
    यसैबीच सफल सांस्कृतिक कार्यक्रमको आयोजकको रूपमा स्थापित फन्टास्टिक ईभेन्न्टसले पनि सिड्नीमा मार्च १९ मा होली मेला २०२२ कार्यक्रमको आयोजना गर्ने भएको छ।
     
    सिड्नीमा कोरोनाका कारण बिगत दुई बर्षदेखी कुनै पनि कार्यक्रमको आयोजना नभैरहेको अबस्थामा मार्च १९ तारेखका दिन सिड्नीको होल्ड्रेड गार्डेन्स , मेरिल्याण्डसमा आयोजना हुन लागेको सिड्नी होली मेला २०२२ लाई संगीत, रंग र फूडको जमघटको रूपमा लिइएको छ ।
     
    होली मेलामा सिड्नीमा रहनु हुने नेपालीहरूलाई भरपूर मनोरन्जन दिन नेपालबाट नेपाली गीत - संगीत र नृत्यका चर्चित कलाकारहरू प्रमोद खरेल, शुसान्त खत्री, अल्मोडा राना उप्रेती र दिनेश काफ्ले लगायतका कलाकारहरूको अपूर्ब जमघट रहने बताइएको छ ।फन्टास्टीक इभेन्टसले सिड्नीमा लामो समयदेखी यस प्रकारको कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । आयोजकले कार्यक्रममा सहभागि भएर भरपूर मनोरन्जन लिन सिड्नीमा रहनु हुने नेपालीहरूलाई आग्रह गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २१, २०७८ शनिवार - १०:४६:३५ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology