शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा निर्वाचनलाई लक्षित गर्दै ६ दिन मदिरा बिक्रीमा प्रतिबन्ध

धादिङमा निर्वाचनलाई लक्षित गर्दै ६ दिन मदिरा बिक्रीमा प्रतिबन्ध

शिवराज आचार्य

२९, कार्तिक २०७९
  • 4.4K
    SHARES
  • धादिङमा निर्वाचनलाई लक्षित गर्दै ६ दिन मदिरा बिक्रीमा प्रतिबन्ध

    धादिङ । धादिङमा मङ्सिर १ गतेदेखि ६ गतेसम्म मादक पदार्थ बेचबिखन, ओसारपसार र सेवनजस्ता कार्य निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलक्षित गर्दै मदिराजन्य वस्तुको बिक्री, वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएको हो।

    images
    images

    धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले निर्वाचनको समयलाई निष्पक्ष, मर्यादित र भयरहित वातावरण सिर्जना गर्न सुरक्षा व्यवस्थापन निर्देशिका २०७९ को दफा ६ (थ), गृह मन्त्रालयको परिपत्र तथा जिल्ला सुरक्षा समिति धादिङको कात्तिक २८ गतेको निर्णयबमोजिम रोक लगाइएको जानकारी दिनुभयो ।

    कात्तिक ३० गते राति १२ बजेदेखि मंसिर ६ गते राति १२ बजेसम्म पूर्ण निषेध गरिएको र कसैले कहीँकतै बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने जारी सूचनामा उल्लेख छ।

    315436435_5633290566760887_7412571238093315152_n.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २९, २०७९ मंगलवार - ०८:३५:५१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology