शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनिघाट रोराङ गाउँपालिकाको दुई खानेपानी योजना खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण

बेनिघाट रोराङ गाउँपालिकाको दुई खानेपानी योजना खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण

शिवराज आचार्य

२९, चैत्र २०७९
  • 11.9K
    SHARES
  • बेनिघाट रोराङ गाउँपालिकाको दुई खानेपानी योजना खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण

    धादिङ । बेनिघाट रोराङ गाउँपालिकामा दुईवटा खानेपानी योजना बेनिघाट रोराङ ग्रामिण खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । उक्त गाउँपालिकाको वडा नम्बर ६ मा रहेको ढापखोला खानेपानी योजना र वडा नम्बर १० मा रहेको माथिल्लो जबाङ खानेपानी योजना खानेपानी बोर्डलाई हस्तान्तरण गरिएको हो ।

    images
    images

    ढापखोलाको ४३ घर र माथिल्लो जवाङको ५१ घरलाई खानेपानी वितरण भइरहेको आयोजना बोर्डलाई हस्तान्तरण भएको बोर्डका कार्यकारी निर्देशक अर्चिता उप्रेतीले बताउनुभयो । ढापखोला खानेपानी योजना हस्तान्तरण कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष टेकनाथ सिलवाल, वडा सदस्य बिन्दा मँग्राती, अक्सफामका प्राविधिक संयोजक विजय थापा, फोकस नेपाल धादिङको ईन्जिनियर बिबेक चापागाईं लगायत प्राविधिकहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा खानेपानी बोर्डकी कार्यकारी निर्देशक उप्रेतीले हस्तान्तरण भई आएको योजनाहरुलाई खानेपानी बोर्डको ऐन नियम बमोजिम संचालन गरिने बताउनुभएको छ । गाउँपालिका क्षेत्रको खानेपानी सेवालार्ई एकद्वार, सर्वसुलभ र गुणस्तरी बनाउन बोर्ड प्रतिवद्ध रहने कार्यकारी निर्देशक उप्रेतीको भनाइ छ ।

    3 be.jpg

    गाउँपालिका क्षेत्रमा खानेपानी तथा सरसफाइ सेवालाई व्यवस्थित, नियमित तथा गुणस्तरयुक्त बनाई गाउँपालिकाको भौगोलिक क्षेत्र भित्रका खानेपानी आयोजनाहरुलाई दिगो र व्यवस्थित ढंगबाट संचालन गराउन बोर्ड गठन भएको हो । पालिका क्षेत्रका उपभोक्ताहरुलाई सफा, स्वस्च्छ र सुरक्षित पानी पिउन पाउने संविधान प्रद्धत मौलिक हकको समेत प्रत्याभुती गराउने उद्देश्यले स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा १०२ (१) बमोजिम बेनिघाट रोराङ गाउँपालिकामा बेनिघाट रोराङ ग्रामिण खानेपानी ब्यबस्थापन बोर्ड स्थापना भएको हो ।

    2 be.jpg

    शहरी तथा तराई क्षेत्रमा खानेपानी ब्यबस्थापन बोर्ड गठन भएपनि ग्रामिण भेगमा बेनिघाट रोराङ ग्रामिण खानेपानी ब्यबस्थापन बोर्ड नै पहिलो पटक गठन भएको बोर्ड रहेको कार्यकारी निर्देशक अर्चिता उप्रेतीको भनाइ छ ।

    यस्तै बेनिघाट रोराङ गाउँपालिका सगँको सहकार्य र सँघिय, प्रदेश सरकार र विभिन्न संघसँस्थाहरुसँघ सहकार्य गर्दै दिगो बिकास लक्ष्यको उद्देश्य अनुरुप आफ्ना क्रियाकलापहरु सन्चालन गरिने बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले बताउनुभयो । उहाँले गाउँपालिका भित्रका सबै घरधुरिहरुमा सुरक्षित खानेपानी सेवा उपलब्ध गराउन बेनिघाट रोराङ ग्रामीण खानेपानी ब्यबस्थापन बोर्ड प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - ०९:२७:५९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology